कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो साता निरन्तर बढेको बजार आज भने दोहोरो अंकले घटेको हो । बुधबार ५६ दशमलव शून्य ६ अंकले बढेको बजार आज १८ दशमलव ६४ अंकले घटेर २ हजार ३५० दशमलव ४२ विन्दुमा झरेको छ ।
बिहीबार २२८ वटा धितोपत्रको ५२ लाख २७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी डेभलप्मेन्ट बैँक समूहको २ दशमलव १४ प्रतिशतले घटेको हो ।
त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ११ करोड १० लाख ६७ हजार ४१८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
प्रकाशित: २९ बैशाख २०७९ १५:२६ बिहीबार