युरिया मल ठेक्का सम्झौता रद्द, १० करोड धरौटी जफत

युरिया मल ठेक्का सम्झौता रद्द, १० करोड धरौटी जफत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता तोडिएको बताएका हुन् ।

त्यस्तै दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ।

असारमा दुई कम्पनीसँग भदौ २० गतेसम्म २५ हजार मेट्रिक टन युरिया मल खरिद गरि नेपाल ल्याइ सक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता भएको थियो । तर ठेक्का सम्झौता अनुसार तोकिएको समयमा मल शैलुङसँग २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार मेट्रिक टन गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द भएको थियो । तर दुबै कम्पनीले सम्झौता अनुसार भनेकै समयमा मल ल्याउन नसकेकाले ठेक्का तोडिएको हो ।

Skip This
Skip This
Logo