ह्वात्तै बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १८० र ग्याँस १८०० कायम

ह्वात्तै बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १८० र ग्याँस १८०० कायम

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ।

Skip This
Skip This
Logo