काठमाडाैंको दरवारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयाँमा हेयर कट र नेल सर्भिस दिने भएको छ।
आफ्नो पाँचौं बार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुलीले जानकारी दिए।
बार्षिक उत्सवको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयाँमा , दोस्रोमा २ रुपैयाँमा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन। यसैबीच शुक्रबार पाँचौं वार्षिक उत्सव मनाउँदै दिभानले ५ रुपैयाँमा सेवा दिन लागेको सञ्चालक पराजुलीले जानकारी दिएका छन् ।
वार्षिक उत्सवको दिन बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ। सो दिन सेवा लिन आउने सबैलाई ५ रुपैयाँमै सेवा दिने पनि दि भानले जानकारी दिएको छ। यस्तै वार्षिक उत्सवका अवसरमा अरु दिन पनि सम्पूर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए। दी भान युनिसेक्स सलुनले विगत पाँच वर्षदेखि काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ।































प्रतिक्रिया