प्रत्येक वडामा कृषि प्राविधिक राख्ने सरकारको तयारी

प्रत्येक वडामा कृषि प्राविधिक राख्ने सरकारको तयारी


सरकारले आगामी आर्थिक वर्षबाट देशभरका प्रत्येक वडामा कृषि प्राविधिक राख्ने भएको छ ।

नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले बजेट भाषणको क्रममा यस्तो बताएका हुन् ।

यसका साथै सरकारले बाँझो तथा खेतीयोग्य जमिनको उपभोग गरी कृषि उत्पादन बढाउने । कृषकलाई सहज रूपमा बिउ, मल, प्रविधि र सिँचाइ सुविधा उपलब्ध गराउने । सहकारीबाट सहुलियत ऋण उपलब्ध गराउने । कृषि उत्पादन संकलन केन्द्र स्थापना । कृषि एम्बुलेन्सको व्यवस्था । कृषि बजारको व्यवस्थापन गर्ने समेत बताएको छ ।

यसका साथै किसान हित कोष स्थापना गर्ने । कोषमा कृषकले जम्मा गरेको पुँजीमा सरकारले १० प्रतिशत रकम थप गर्ने भएको छ । जसका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Logo