सरकारले नागरिक उड्डयन र हवाई सेवाका लागि १२ अर्ब २४ करोड रकम विनियोजन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले धनगढी विमानस्थललाई स्तारोन्नती गरेर क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने बताए ।
स्थानीय तहको २१६ स्थानमा सञ्चालित पर्यटक पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपियाँ विनियोजन गरिएको उनले बताए । ग्रेट हिमालयन ट्रेड निर्माणका लागि ३३ करोड विनियोजन गरिएको बताउँदै शर्माले पर्यटकीय गन्तव्यको यात्रा सहज बनाउन सडक निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको बताए ।
आरोहणका लागि निर्माण गरिएका पदमार्गको पुनर्निर्माण गरिने भन्दै उनले भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न दुई अर्ब रुपियाँ रकम विनियोजन गरिएको बताए ।
एकै ठाउँमा मूर्ति अवलोकन गर्ने गरी संग्रालय बनाउने योजना गरेको बताउँदै अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरिएको बताए । काठमाडौंमा नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ मौलिक केन्द्र स्थापना गरिने उनले बताए ।
प्रतिक्रिया