सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु,’ मन्त्री शर्माले भने ।
यस्तै, मिर्गौला प्रत्यारोपण गरेका तथा डाइलोसिस गराइरहेका व्यक्तिहरू, सबै प्रकारका क्यान्सर रोग निधान भएका व्यक्तिहरू, मेरुदण्ड, पक्षाघात भएका बिरामीलाई औषधी खर्च बापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन एक अर्ब ५० करोड रुपैयाँ छुट्ट्याएको उनले जनाए ।





























प्रतिक्रिया