सरकारले क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौलाका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ। त्यसका लागि सरकारले १ अर्ब ५० करोड छुट्याएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्।
आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डायलासिस मेशिन खरिद २० करोड, नि:शुल्क मिर्गौला प्रत्यारोपणका लागि १० करोड छुट्याइएको जानकारी दिए।
प्रतिक्रिया