चीनसँग जोड्ने सडकलाई दियो सरकारले प्राथमिकता

चीनसँग जोड्ने सडकलाई दियो सरकारले प्राथमिकता

केन्द्रबिन्दु
0
Shares

सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । 

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

‘गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडकको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमिटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ आइतबार संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने । 

Logo