१५ प्रतिशत तलब बढेपछि निजामती कर्मचारीको तलब कति ?

१५ प्रतिशत तलब बढेपछि निजामती कर्मचारीको तलब कति ?

केन्द्रबिन्दु
0
Shares

सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसद्मा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। जसअनुसार निजामती कर्मचारीको तलब वृद्धिपछि अब नयाँ तलबमान कायम हुनेछ । 

जसअनुसार अब मुख्यसचिवको तलब ७७२११, सचिवको तलब ७१०८२, सहसचिवको तलब ५६७८७, उपसचिवको तलब ४८७३७, शाखा अधिकृतको ४३६८९, नायब सुब्बाको तलब ३४७३०, खरिदारको तलब ३२९०२, मुखियाको तलब २७६१२ कायम हुनेछ ।

यसमा ग्रेड भने समावेश गरिएको छैन । कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।

Logo