नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान जेठ १३ बाट सुरु हुने घोषणा गरेको छ।
कम्पनिको अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ।
यो अभियान दराजको मूल मूल्य मान्यता “अप्लिफ्लिटिङ्ग कम्युनिटी थ्रु द पावर अफ कमर्स“ भित्र पर्दछ। आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्ध निर्देशक, सुश्री आंचल कुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो र प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नु तर्फ अर्को धक्का हो। साथै, कम्पनीले यो आश्वासन पनि दिएको छ कि प्राउडली नेपाली एक वान टाईम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो जुन वर्षभरि हरेक महिना जारी रहनेछ ।
यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ ।
दराज सहयात्री र सारथी जस्ता विगतका कार्यक्रमहरूले ११,००० भन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्षरूपमा मद्दत गरेका छन्। र यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।
फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ । यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रियस्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ। प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाइ छ।
अभियानको मुख्य सन्देशलाई – नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप फैलाउन, दराजले FNCCI र SAWDF सँग मिलि एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचार प्रसारको लागि सबै मार्केटिङ च्यानलहरू प्रयोग गर्ने कम्पनीको भनाइ छ।
प्रतिक्रिया