सिद्धार्थ बिजनेश ग्रुप र सेञ्चुरी बैंकबीच सम्झौता

सिद्धार्थ बिजनेश ग्रुप र सेञ्चुरी बैंकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । 

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभर संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टमा छुट दिने सहमति भएको हो । खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुबै संस्था राजी भएका छन् ।

सम्झौतापत्रमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक नृपेश श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Logo