बजेटले लिएका लक्ष्य हासिल गर्न पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः गोल्छा

बजेटले लिएका लक्ष्य हासिल गर्न पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विकासका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा सरकारले लगानी नगर्ने हो भने बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने बताएका छन्।

राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

बजेटमा गरेका व्यवस्था कार्यान्वयन हुनेमा पनि आफूहरू विश्वस्त नरहेको बताउँदै उनले बजेटमार्फत व्यवसायीहरूलाई निर्यातमा सहुलियत दिने कार्यविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताए। 'सरकारले जुन सहुलियत दिएको छ, उत्साहित छौं तर यहाँ बसेका कसैमा पनि विश्वास छैन कि समयमा नै नियमावली आउँछ', उनले भने 'कसैलाई विश्वास छैन, नियमावली आएपछि निर्यातको सुविधा छ र त्यो सहज रुपमा लिन पाउँछौँ। नगद अनुदान दिने कार्यविधि समयमा बन्छ भन्ने कसैलाई विश्वास छैन।'

खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत कम गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयन सजिलो नभएको गोल्छाको भनाई थियो । कच्चापदार्थको कर बढी हुँदा घिउ तेल उद्योग समस्यामा परेको उनले बताए।

सेनेटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेको बताउँदै उनले सरकारले अब कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन गरे मात्रै उद्योगलाई परेको समस्या समाधान हुन सक्ने बताए। पछिल्लो समय मूल्य वृद्धि, अर्थतन्त्रमा समस्या तथा भारतले निर्यात नीति परिर्वतन गरेका कारण १८ प्रतिशत राजश्व वृद्धि गर्न नसकिने उनको दाबी थियो।

Logo