आवासीय प्रयोजनका लागि चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाउने भएको छ। सरकारले भूउपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको हो।
जग्गाको कित्ताकाटबारे लामो समयदेखि हुँदै आएको विवादलाई सरकारले ऐन जारी भएको दुई वर्षपछि नियमावलीमार्फत कडाइ गरेको हो। त्यस्तै आवासीय प्रयोजनका लागि पाँच सय वर्गमिटरभन्दा सानो कित्तामा चौडाइभन्दा लम्बाइ चार गुणा बढी हुने गरी कित्ताकाट गर्न पाइनेछ।
नियमावलीमा कृषियोग्य जमिनलाई काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटर, तराई, भित्री मधेसमा ६ सय ७५ वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट गर्न पाइने छैन।
कृषि योग्य जमिनमा एक हजार वर्ग मिटरभन्दा सानो हुने गरी कित्ताकाट गर्न पाइने छैन। भूउपयोग ऐनमा जग्गालाई १० वर्गमा विभाजन गरिएको छ।
प्रतिक्रिया