सेयर बजारमा हरियाली, ६०.२२ अंकले बढ्यो नेप्से

सेयर बजारमा हरियाली, ६०.२२ अंकले बढ्यो नेप्से


दुई सातापछि सेयर बजार हरियाली बनेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंक बढेको हाे। यससँगै नेप्से २ हजार ८० अंकमा पुगेको छ। जेठ ११ गतेयता बजार लगातार घटेकाे थियो। 

बुधबार १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकाे छ। सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र व्यापार उपसमूहको सूचक ५८ अंक बढेका छन्। यस्तै सामुदायिक लघुवित्त र उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। 

कारोबार रकमका आधारमा अरुणभ्याली, कुमारी बैंक, हिमालयन डिस्टिलरी, इन्भेष्टमेन्ट बैंक र अपी पावर क्रमश: अगाडि रहेका छन्।

Logo