होन्डा सीबी सिरिजको बाइकमा एकै पटक बढ्यो १ लाख मूल्य

होन्डा सीबी सिरिजको बाइकमा एकै पटक बढ्यो १ लाख मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको स्याकार ट्रेडिङ कम्पनीले सीबी सिरिजका दुई बाइक मध्ये एउटा बाइकमा एकैपटक १ लाख रुपैयाँले मूल्य बढाएको छ ।

होन्डा सीबी हाइनेस ३५० डीएलएक्सको मूल्य पहिले ७ लाख ७५ हजार रहेकोमा अब ८ लाख ४८ हजार ९ सय पुगेको छ भने सीबी ३५० आरएसको मूल्य पहिले ७ लाख ९८ हजार ९ सय रहेकोमा अब ८ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।

२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।

त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।

Skip This
Skip This
Logo