शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८९ करोडमै सीमित

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८९ करोडमै सीमित


कारोबार हुने साताको अन्तिम दिन शुक्रबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ  ।

बिहीबार १७ दशमलब ५८ अंकले घटेको बजार आज पनि १४ दशमलव ६४ अंकले घटेर २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको हो । शुक्रबार २२९ वटा धितोपत्रको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

जसबाट ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । शुक्रबार १३ वटै समूहको परिसूचक राताम्मे भएको छ ।

कारोबार रकमको आधारमा कुमारी बैंकको सर्वाधिक ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । 

Logo