आईएमई ग्रुप २३औं वर्षमा प्रवेश, अध्यक्ष ढकाल भन्छन्- ‘एउटा कोठाबाट सुरु भएको यात्रामा अहिले ४० हजारले रोजगारी पाएका छन्’

आईएमई ग्रुप २३औं वर्षमा प्रवेश, अध्यक्ष ढकाल भन्छन्- ‘एउटा कोठाबाट सुरु भएको यात्रामा अहिले ४० हजारले रोजगारी पाएका छन्’


आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

आईएमई लिमिटेडको वार्षिक उत्सबमा मुख्य अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्मालाई बोलाइएको थियो । २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट्यान्स कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका छन् ।

उनले भने, ‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको छ’ उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट्यान्स कम्पनीहरु बनिरहेका छन्।’

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आईएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रूपान्तरण गरेको बताए । गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा अर्थमन्त्री शर्माले आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिए । उनले बजेटमा आएका बिषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव समेत दिएका छन् । 

Logo