प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार ३८ अर्ब माथिको हुने भएको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको बताए । चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो । यसमा २० प्रतिशत बढ्दा प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९र८० को बजेट ३८ अर्ब ९० करोड हाराहारी पुग्ने देखिन्छ ।
‘चालू आर्थिक वर्षको भन्दा २० प्रतिशत बजेट बढ्ने देखियो,’ मन्त्री आङ्बोले भने, ‘यसपालि संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजस्व बाँडफाँडबाट करिब १० प्रतिशत वृद्धि भएर प्राप्त भएको छ । आफ्नो राजस्व पनि १० प्रतिशत हाराहारी वृद्धि हुने अपेक्षा छ ।
१ नम्बर प्रदेश निर्यातमा अन्य प्रदेशभन्दा अगाडि भएको कारण निर्यातलाई प्रबद्र्धन गर्ने गरी बजेटको तयारी भइरहेको मन्त्री आङ्बोले जानकारी दिए । ‘कृषि, उद्योग, रोजगारी सिर्जनालाई प्राथमिकता दिँदा उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन हुने खालको बजेट निर्माण हुँदैछ,’ उनले भने ।
प्रतिक्रिया