कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९।५८ प्रतिशत रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८।११ प्रतिशत बजेट रहेको छ । यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन गरिएको विष्टले जानकारी गराए ।
सरकारले चालु आर्थिक बर्षमा रु। ३६ अर्ब ७४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम रु ९ अर्ब २ करोड २० लाख , वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम परिचालन गरिनेछ ।
नेपाल सरकारबाट प्राप्त हुने समपूरक वापत रु १ अर्ब २१ करोड ५० लाख, विशेष अनुदान वापत रु ६६ करोड ८० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार स्रोत परिचालन गरिने मन्त्री विष्टले जानकारी दिए ।































प्रतिक्रिया