नेपाल सिमेन्ट उत्पादक संघद्वारा बजेटमा दिईएको विद्युत महशुलमा छुटको स्वागत

नेपाल सिमेन्ट उत्पादक संघद्वारा बजेटमा दिईएको विद्युत महशुलमा छुटको स्वागत

केन्द्रबिन्दु
0
Shares

नेपाल सिमेन्ट उत्पादक संघद्वारा बजेटमा दिईएको विद्युत महशुलमा छुटको स्वागत गरेको छ । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल सरकारबाट प्रस्तुत गरीएको आ.व. २०७९/०८० को बजेटवाट स्वदेशमा स्थापित सिमेन्ट/क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्नर देशको व्यापारघाटा कम गर्न नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्थाको स्वागत गरेको हो ।

संघले विज्ञप्ति निकाल्दै नेपाल सरकार अर्थ मन्त्रालय, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रीज्यू, श्रीमान सचिवज्यूहरु लगायतमा कृतज्ञता ज्ञापन गरेको छ । 

विज्ञप्तिमा भनिएको छ ‘प्रस्तुत वजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशीउत्पादनमुलक उद्योगहरुको हितमा रहेको व्यहोरा अवगत गराउँदछौं । यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुनुका साथैयि उद्योगहरु पुर्ण क्षमतामासंचालन भएमा रु. १५० अरव भन्दा वढि रकमको निकाशी गर्ने सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने
व्यहोरा अवगत गराउँदछौं ।’

यस्तै, यस वजेटवाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापनगर्न योगदान पुग्ने गरी भएकोवार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतकोहार्दिक स्वागत गर्दै यस व्यवस्थावाटदेशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुनेवातावरण सिर्जना हुने विश्वास लिएको उल्लेख गरेको छ । 

Logo