हवाइ सेवा बन्द गर्न पाइन्न : नागरिक उड्डयन प्राधिकरण

हवाइ सेवा बन्द गर्न पाइन्न : नागरिक उड्डयन प्राधिकरण

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा बन्द गर्न नमिल्ने स्पष्ट पारेको छ। वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै भोलिदेखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केही बेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो। 

आन्तरिक उडान गर्दै आएका हवाइजहाज तथा हेलि कम्पनीहरुको संस्था संघले ५ बुँदे माग अघि सार्दै पूरा नगरे भोलिदेखि सेवा स्थगित गर्ने बताएको छ। 

अघि सारिएका मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, ​त्रिअवि विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने छन्। 

Logo