सेयर बजारको ओरालो यात्रा कायमै

सेयर बजारको ओरालो यात्रा कायमै

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौथो दिन बुधबार (आज)  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार ३७ दशमलव ४९ अंकले बढेको बजार आज भने ३१ दशमलव २१ अंकले घटेर १ हजार ८९३ दशमलव ५३ विन्दुमा झरेको छ । 

बुधबार २२९ वटा धितोपत्रको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ 

बुधबार १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बिकास बैंक समूहको २ दशमलव ७५ प्रतिशतले घटेको हो । 
बुधबार पनि आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी नविल बैंकको ३ करोड ३९ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 

Logo