‘पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारले झुट बोल्यो’

‘पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारले झुट बोल्यो’


रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक उपभोक्ता सचेतना कार्यक्रमका वक्ताहरुले रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अभाब नभएको दाबी गरे ।

आयोजक राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मन्त्रीहरुले नै यसरी सफेद झुट बोल्नु पराकाष्ठा नै नाघ्नु भएको बताए । उनले सरकार गैरजिम्मेवार भएर प्रस्तुत भएको भन्दै आक्रोससमेत प्रकट गरे ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यापारी र उपभोक्ता मिलेर अगाडि वढेमा व्यापार व्यवसायको अनुगमन नै गर्न नपर्ने बताइन् । आफू पनि उपभोक्ता हो भनी व्यापारीले वदमासी नगरे कारबाही नै गर्नुपर्ने अवस्था नआउने उनले बताइन् ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले खाद्य स्वाच्छता सवैको मौलिक अधिकार भएको बताइन् । उनले सवैले स्वच्छ खान पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । 

Logo