कारोबार हुने साताको अन्तिम दिन शुक्रबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ४५ दशमलव २५ अंकले घटेको बजार आज १३ दशमलव ७८ अंकले बढेर १ हजार ८६२ दशमलव ०६ विन्दुमा पुगेको हो ।
शुक्रबार २२३ वटा धितोपत्रको २२ हजार ८७६ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । शुक्रबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समुह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।
शुक्रबार न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्कम सर्किट लागेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढी कुमारी बैंकको ८ करोड ६३ लाख १२ हजार ३४७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।





























प्रतिक्रिया