काठमाडौं महानगरले २५ अर्ब ४१ करोडको बजेट ल्यायो

काठमाडौं महानगरले २५ अर्ब ४१ करोडको बजेट ल्यायो


काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको लागि साढे ६ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो। 

काठमाडौं महानगरले ल्याएको बजेट मध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघिय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।

काठमाडौं महानगरपालिकाको विशेष महत्त्वका योजनामा हिटी, मठ मन्दिरको संरक्षण र संवर्द्धन गर्ने रहेको बताएको छ। काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयको रुपमा रहेको हरि भवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक यातायात, महानगर उज्यालो कार्यक्रम, डबलीको पुनर्स्थापना र एम्पी थिएटरको निर्माण महानगरको प्राथमिकतामा छन्। 

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा गुणात्मक विकास, बस स्टेसनमा परम्परागत फल्चा निर्माण, घर–घरमा गई ज्येष्ठ नागरिकको परीक्षण तथा औषधि उपचार, मेट्रो रेल विकास सम्भाव्यता अध्ययन गर्ने विषय अगाडि ल्याइएको छ।

 

Logo