ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यो साता सुनको मूल्य बढ्न थालेको छ । मंगलबार पनि सुन बढेको छ । आज सुन ९ सयले बढेर ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो। सोमबार पनि सुन ३ सयले बढेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ प्रतितोला पुगेको छ । यो सोमबारको भन्दा ३० रुपैयाँले बढी हो ।

Logo