स्मार्ट च्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा सम्झौता


स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्दप्रसाद ढकालले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्मार्टच्वाइस टेक्नोलोजिज नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका सञ्चालनमा रहेकोमा गरिमा विकास बैंकसँगको सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने उनीहरुको बिश्वास छ ।

यस सम्झौता पश्चात स्माट च्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बताईएको छ ।

 
 

Logo