७४ अंकले बढ्यो सेयरबजार

७४ अंकले बढ्यो सेयरबजार

केन्द्रबिन्दु
0
Shares

लगातारजसो ओरालो लागिरहेको सेयरबजार बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा आइपुगेको हो। सेन्सिटिभ सूचक पनि आज १२.६३ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

२२७ कम्पनीको सेयर कारोबार भएको दिन ७२ लाख कित्ता बिक्री भएको छ। ४७ हजार बढी पटकको खरिदबिक्रीमा २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको हो। 

आज बजार खुलेदेखि निरन्तर बढेको हो। १३ उपसमूहको सूचक सबै हरियो भएका छन्। यसअनुसार १९१ कम्पनीको सेयर बढ्दा दुईवटाको मात्रै घटेको नेप्सेले जनाएको छ। 

नेपाल फाइनान्स लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी पावर लिमिटेडलगायतका सेयरधनीले धेरै कमाएका छन्। गुमाउने लगानीकर्ताले आज ३.८९ प्रतिशतसम्म गुमाएका छन। आज शिवम् सिमेन्टको सर्वाधिक ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। 

Skip This
Skip This
Logo