एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने

एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने

केन्द्रबिन्दु
0
Shares

एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।

यो इलेक्ट्रिक कार वुलिङ एयर ईभीमा आधारित छ, जुन हालै इन्डोनेसियामा लन्च गरिएको थियो । यसलाई भारतीय बजार अनुसार डिजाइन गरी लन्च गरिनेछ । रिपोर्टका अनुसार कम्पनीले यसलाई अर्को वर्षको सुरुमा लन्च गर्न सक्नेछ । एमजीले गत वर्ष नै भारतमा १० लाखदेखि १५ लाख भारुसम्म मूल्यको इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको थियो । एमजीले घोषणा गरे अनुसार एमजीको सस्तो र सानो इलेक्ट्रिक कार वुलिङ एयर ईभी हुने अपेक्षा गरिएको छ । जसको कोडनेम ई२३० राखिएको छ । यो नयाँ ईभी मुख्यतया सहरी प्रयोगको लागि हुनेछ ।

वुलिङ एयरको लम्बाई २।९ मिटर र २०१० एमएमको ह्विलबेस छ । इन्डोनेसियामा बिक्री हुने मोडलमा १२ इन्चको स्टिल ह्विलहरू पाइन्छ, तर भारतीय मोडलमा अलोय ह्विल हुनेछ । साथै यसमा टेलगेट माउन्टेड स्पेयर ह्विल हुनेछ ।

एमजीको यो नयाँ ईभीमा टाटा अटोकम्पको ब्याट्री प्याक हुनेछ, जसको भारतमा ब्याट्री प्याक डिजाइन, निर्माण तथा आपूर्ति र सेवा गर्न चिनियाँ ब्याट्री आपूर्तिकर्ता गोशानसँग संयुक्त लगानी छ । यसमा एलएफपी सेलको पनि प्रयोग गरिने छ ।

एमजीले जनवरीमा हुने अटो एक्स्पो २०२३ मा एमजीको इन्ट्री लेभल ईभी सार्वजनिक गर्नेछ ।

Logo