अपर हेवाखोला हाइड्रोपावरले आज कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । यस मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।































प्रतिक्रिया