असार मसान्त भित्रै कर तिर्नुस,जरिवानाबाट बच्नुस

 असार मसान्त भित्रै कर तिर्नुस,जरिवानाबाट बच्नुस

केन्द्रबिन्दु
0
Shares

 

 असार मसान्त भित्रै कर तिर्नुस,जरिवानाबाट बच्नुस

 
तपाईको सवारी साधनको वार्षिक कर तिर्न बाँकी छ कि छैन रु छ भने यही असार मसान्त भित्रै कर तिर्ने अवसर छ । यो भन्दा पछि कर तिर्दा एकै पटक ३२ प्रतिशत कर तिर्नु पर्ने हुन्छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संसोधित २०७४ को दफा ११.११.१० बमोजिम सवारी साधन कर सबै सवारीधनीले प्रत्येक आर्थिक वर्षको चैत्र मसान्त वा सवारी दर्ता किताब नवीकरण गर्ने म्याद सकिनु अघि बुझाइसक्नु पर्नेछ ।

सो म्यादभित्र सवारी साधन कर नबझाउने सवारी धनीसँग म्याद नाघेको पहिलो तीस दिनसम्मलाई सवारी साधन कर रकमको पाँच प्रतिशतका दरले, त्यसपछिको पैँतालीस दिनसम्मलाई कर रकमको दस प्रतिशतका दरले र त्यसपछि आर्थिक वर्षको अन्त्य सम्मलाई बीस प्रतिशत सम्मका दरले जरिवाना समेत लिई सवारी साधन कर दाखिला गराउनुपर्नेछ ।
आर्थिक वर्ष भुक्तान भइसक्दा पनि सवारी साधन कर दाखिला नगर्ने सवारीधनीहरूसँग सवारी साधन करमा बत्तीस प्रतिशतका दरले जरिवानासमेत लिई सवारी साधन कर असुल गर्नुपर्नेछ । यस सम्बन्धमा प्रचलित आर्थिक ऐनले अन्यथा तोकेमा सोही बमोजिम हुनेछ ।
यसले गर्दा आफ्नो सवारी साधनको वार्षिक कर समयमै तिर्नका लागि असार मसान्त उपयुक्त समय भएकाले यसका लागि सचेत भएर कर तिर्दा जरिवानाबाट बच्न सकिन्छ ।

 

Skip This
Skip This
Logo