निर्माण नसकिदै जुम्ला र कालिकोट जोड्ने पक्की पुल चर्कियो

निर्माण नसकिदै जुम्ला र कालिकोट जोड्ने पक्की पुल चर्कियो

केन्द्रबिन्दु
0
Shares

जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण नसकिदै चर्किएको छ। 

पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो । पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । 

कालिकोटको छिडेना र सिंजा खोलाको सो पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको हो । सिञ्जाखोलाको सो फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले जानकारी दिए । उनका अनुसार ठेक्का नम्बर ३ को उक्त सिञ्जाखोला र छिडेना पुलको सूर्य कन्ट्रक्सन फम प्रा.ली सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो ।

२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल  २०७५ साल चैत १४ मा सम्पन्न गरि सक्ने सम्झौता थियो । उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाईन गर्नुपरेको थियो । यो वर्ष भने पुल संचालनमा ल्याउने तयारी रहेकोमा प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । 

पुलमा समस्या आएको  र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६, ७ गते जुम्लामा भारतको इन्जिनियरको टिम आइपुग्ने शर्माको भनाइ छ ।

Logo