स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याटरीजको आधिकारिक विक्रेता नियुक्त

स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याटरीजको आधिकारिक विक्रेता नियुक्त

केन्द्रबिन्दु
0
Shares

टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकमा स्याकार ट्रेडिङ कम्पनी प्राली (एसटीसी) नियुक्त भएको छ । 

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालीलाई होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्ट र होण्डा मोटर्सको निम्ति टाटा ग्रीन ब्याट्रिजको आधिकारिक वितरकको रुपमा नियुक्त गरिएको हो । 

टाटा ग्रीन ब्याट्रिज, टाटा अटोक्याम्प जीवाई ब्याट्रिज प्रालीबाट उत्पादन हुन्छ । जो भारतको प्रमुख अटोमुभी र टु डब्लु ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । उक्त ब्याट्रिकाे बिहिबार कम्पनीको हेड अफिस ज्योती भवनमा एक कार्यक्रमकाबीच लञ्च गरिएको हो । 

सो अवसरमा कम्पनीका सिईओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्रि टु व्हीलर्स ब्याट्रिज भारतमा रहेको ठूला उत्पादकहरु मध्येको एकमा पर्ने जानकारी दिए । साथै उनले  भारतमा पाएको सफलतालाई नेपालमा ख्याती प्राप्त कम्पनी एसटीसीसंग पनि सहकार्य गरी नेपालमा विस्तार गर्न पाएकोमा खुशी ब्यक्त गरे । 

त्यस्तै, एसटीसीका अध्यक्ष सौरभ ज्योतिले टु डब्लु ब्याट्रिज सप्लायर्सको क्षेत्रमा भारत स्थित टाटा अटो क्याम्प एक प्रमुख कम्पनी रहेको जानकारी दिए । उनले टाटा अटो क्याम्पसंगको सहकार्यबाट नेपालमा रहेकाे एसटीसीका एक सय ५० डिलरहरु मार्फत ग्राहक समक्ष टाटा ग्रीन ब्याट्रिजको सेवा पुर्‍याइने बताए ।  

टाटा ग्रीन ब्याट्रिजमा, टाटा अटो कम्पनी सिस्टमस र यूअसा कर्पोरेसन, जापानको ५०/५० (जोइन्ट भेन्चर) संयुक्त लगानी रहेको छ । हाउस अफ टाटाको टाटा अटो कम्पनीले विश्वका प्रख्यात (ओइएमएस) हरुलाई थुप्रै पार्टपूर्जा विक्री गर्दछ, जो आफैमा एउटा विशाल टायर वान अटोमोटिभ पार्टपूर्जा उत्पादक र विक्रेता हो ।

जीएस युआसा विश्वकै ठूलो टू व्हीलर ब्याट्रि उत्पादक र एसियाको सबै भन्दा ठूलो अटाेमाेटिभ ब्याट्रि उत्पादक रहेको छ, जसको विश्वभरको २० भन्दा बढी देशहरुको (ओइएमएस) सँगको सम्बन्ध पनि निकै नै बलियो छ । हाल जीवाई ब्याट्रिजले भारतका प्रसिध्द अटो ओरिजिनल इक्वीपमेन्ट मेनीफ्यक्चर (ओइएमएस) मार्फत टू व्हीलर्स, थ्री व्हीलर्स, फोर व्हीलर्स, अफ रोड र जेनसेट, ई रिक्सा र अरु व्यवसायिक साधनहरुलाई आपूर्ति गरीरहेकाे छ ।

यसकाे बलियो पहुँचले गर्दा, ५०० भन्दा बढी वितरक, १५००० भन्दा बढी विक्रेता र २५००० भन्दा बढी ग्यारेज हरु मार्फत बजार पछि पनि धेरै सेगमेन्टहरुमा महत्वपूर्ण भूमिका राख्छ । जस्तै प्यासेन्जर्स कार, युटिलिटी साधन, व्यवसायिक साधन, ट्याकटर्स, अफ हाइवे इन्भर्टर, सोलार र रिक्सा ।

एसटीसी, ज्याेती ग्रुपसँग सम्बन्धित ५५ वर्ष देखि नेपालमा होण्डा टू व्हीलर्स, फोर व्हीलर्स, जेनसेट, पावर प्रोडक्टस् र अन्य प्रोडक्टस्को एक मात्र वितरकको रुपमा काम गरिरहेकाे छ । हाल अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको नेतृत्वमा एसटिसीले विविध प्रोडक्टस् र सेवाहरु अफर गरिरहेको छ । एसटीसीकाे २० लाख भन्दा बढी ग्राहक र १५० भन्दा बढी डिलर्स, १०० भन्दा बढी ठाउँ सम्म पहुँच रहेको छ ।

 

 

Logo