काठमाडौं ।
होटल एशोसियशन अफ नेपाल (हान) की अध्यक्ष सृजना राणाले होटल व्यवसाय पुरानै लयमा फर्कन पर्यटक आउने वातावरण बन्नु पर्ने बताएकी छिन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला राजधानी लगायत मुलुकभरीका पाँचतारे लगायतका सम्पूर्ण होटलहरु पूर्णरुपमा प्रभावित भएका छन् ।
कोरोनाका कारण अहिले सबै होटलहरु सुनसान छन् । स्थिति सामान्य नभएसम्म होटल क्षेत्र पुरानै अवस्थामा आउन नसक्ने अध्यक्ष राणाको भनाइ छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले अन्तर्राट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै मुलुकभरीका पाँचतारे लगायतका होटलहरु सुनसान बनेका हुन् ।
कोरोनाको संक्रमणसँगै राजधानी लगायतका यी पाँचतारे होटलहरु पूर्णरुपमा प्रभावित भएका हुन् । अहिले होटलमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी बाहेक होटलमा अन्य कर्मचारी नै छैनन् । कुनै बेला विदेशी पर्यटक तथा भीआइपीहरुले खचाखच हुने राजधानीका सबै पाँच तारे होटलहरुमा अहिले कुनै मानिस एक्लै बस्दा पनि डर लाग्ने अवस्था भएको छ । कोरोनाका कारण आन्तरिक तथा बाह्य उडानहरु प्रभावित भएपछि पर्यटनहरु आउन सकेका छैनन् ।
पर्यटकहरु नै नआएपछि पाँचतारे होटलमा अहिले सुरक्षागार्ड बाहेक केही मात्रामा मात्रै कर्मचारी रहेका छन् । अहिले होटलहरुलाई कर्मचारी व्यवस्थापन सबैभन्दा जटिल बनेको छ ।
अध्यक्ष सृजना राणाले अहिले होटलमा कार्यरत कर्मचारीलाई बिहान बेलुका छाक टार्ने गरी व्यवस्थापन गरेको बताइन् । ‘अहिले पाँच तारे होटलमा तलब र कर्मचारी व्यवस्थापन मुख्य चुनौती भएको छ ।’ उनले भनिन् । उनले कर्मचारीहरुलाई अहिले जीवन निर्वाह गर्ने गरी सहयोग गरेको बताइन् । आगामी दिनहरुमा समस्या झन जटिल बन्दै गयो भने कर्मचारी व्यवस्थापनका विषयमा थप छलफल गरेर अगाडि बढ्ने उनले बताइन् । राणासँग यसपटक केन्द्रबिन्दुले भर्चुअल कुराकानी गरेको छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया