माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेको छ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेको छ।
इम्पेरमेन्ट चार्ज घटेसँगै खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ भने जगेडा कोष २२.९० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १०.१९ प्रतिशत र कर्जा १३.२० प्रतिशत बढेको छ।































प्रतिक्रिया