एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच आईपीओ सेवासम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले 'आईडीया टू' आईपीओ सेवा उपलब्ध गराएको छ ।
कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा क्यापिटलले उपलब्ध गराएको हो । यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नसम्मको सुविधा दिनेछ । नेपालको सन्दर्भमा सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।





























प्रतिक्रिया