नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ ।
थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा आज देखि शुरु भएको पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर आगामी आइतबार सम्म चल्ने छ ।
पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ ।
ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।
त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख सम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाख सम्म उपलब्ध हुनेछ ।
थप विवरणको लागि वेबसाइट लिंक क्लिक गरि हेर्न सक्नुहुनेछ । https://www.chery.com.np/































प्रतिक्रिया