मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछ : वित्तीय संस्था परिसंघ

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछ : वित्तीय संस्था परिसंघ

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक वर्ष २०७९÷०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएको छ ।

परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् ।

उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने पनि बताए  । अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने गुनासो गरे ।

आज न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताए । परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo