बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक

बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक


भक्तपुरको बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक बनेका छन् । सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडले चितवनमा आयोजना गरेको मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धामा उनी उत्कृष्ट मेकानिक बनेका हुन् ।

त्यस्तै बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाडाैंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो ।

पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो । सिप्रदी अटोपार्टस् प्रा. लि. का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने बताए ।  

३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् । 

Logo