मोती दुगडले विराटनगरमा बनाएको सेञ्चुरियन होटल सञ्चालनको जिम्मा र्‍याडिसनलाई

मोती दुगडले विराटनगरमा बनाएको सेञ्चुरियन होटल सञ्चालनको जिम्मा र्‍याडिसनलाई

केन्द्रबिन्दु
0
Shares

उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा बनाइरहेको सेञ्चुरियन होटल सञ्चालन इन्टरनेशनल होटल चेन र्‍याडिसनले लिएको छ ।

सोमवार काठमाडौंस्थित र्‍याडिसन होटलमा पत्रकार सम्मेलन गर्दै उद्योगी दुगडले विराटनगरमा ३ अर्बको लगानीमा निर्माण गरिरहेको पाँच तारे होटल सेञ्चुरियन सञ्चालनकाे जिम्मा र्‍याडिसनलाई दिएको बताए । 

उद्योगी दुगडले प्रदेश-१ मा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच तारे होटलसहित एउटै छाना मुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताए । उनले सेञ्चुरियल मल करिव डेढ विघा क्षेत्रफलमा बन्न लागेको पनि बताए ।

उक्त होटलको सम्पूर्ण निर्माण कार्य १८ महिनाभित्र सम्पन्न भइसक्ने बताइएको छ । भवन निर्माण सकिए पनि फिनिसिङको काम भइरहेको दुगड समूहको भनाइ छ ।

३ अर्व मध्ये ४० प्रतिशत आफ्नो र बाँकी ६० प्रतिशत लगानी बैंकबाट लिएको दुगडले जानकारी दिए । 

विराटनगर विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको होटल भारतीय तथा विदेशी पर्यटक लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको हो । 

Skip This
Skip This
Logo