कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
सोमबार ५४ दशमलव ४५ अंकले बढेको बजार मंगलबार ४४ दशमलव ८० अंकले घटेर २ हजार ८८ दशमलव १६ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २२२ वटा धितोपत्रका ८७ लाख ४० हजार कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख रुपैयाँमा खरीद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढि अन्य समूहको ३ दशमलव ५६ प्रतिशतले घटेको हो ।
त्यस्तै, मंगलबार मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य ९ दशमलव ३२ प्रतिशतले बढेको छ भने कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको १९ करोड ३६ लाखभन्दा बढिको सेयर कारोबार भयो ।





























प्रतिक्रिया