डिस होमद्वारा आई टिभीको सेवा सुरु, गुणस्तरीय सेवाको प्रतिवद्धता

डिस होमद्वारा आई टिभीको सेवा सुरु, गुणस्तरीय सेवाको प्रतिवद्धता

केन्द्रबिन्दु
0
Shares

डिस मिडिया नेटवर्कले मंगलबारबाट आई टिभीको सेवा सुरू गरेको छ ।  मंगलबार सोल्टी होटलमा एक कार्यक्रम आयोजना गरी सेवा शुभारम्भको घोषणा गरिएको हो । 

डिसहोम मिडिया नेटवर्कका सिइओ सुदिप आचार्यले डिस होमले नेपालकै इतिहासमा पहिलो पटक आई टिभी सुरू गरेको जनाउँदै प्रविधिको दुनियाँमा नयाँ फड्को भएको बताए ।  नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिसहोम विगत १२ वर्षदेखि टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको डिसहोमका अध्यक्ष हेमराज ढकालले बताए । 

आई टिभी ५ वर्ष अघिकै आफुहरुको योजना भएको भन्दै अध्यक्ष ढकालले त्यही योजनालाई मूर्त रुप दिदै विश्वकै उत्कृष्ट सेवा दिनका लागि आई टिभी ल्याएको बताए ।
डिटिएच र टेरिस्टोरियल भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकलमा आधारित यो आई टिभीमा सर्ट्स टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय हिन्दी र कोरियन सिरिज जस्ता डिसहोमका एक्सक्लुसिभ च्यानलहरु समावेश गरिएको छ । 

जस अन्तर्गत २०० भन्दा बढी एचडी तथा एसडी च्यानलहरु उपलब्ध रहेको कार्यक्रममा जानकारी दिईयो । 

Skip This
Skip This
Logo