सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन नि:शुल्क इन्टरनेट

सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन नि:शुल्क इन्टरनेट


सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई 'नो डाटा नो प्रबलम' योजना अन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न नि:शुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । 

यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न नि:शुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी र मोबाइल टपअप गर्दा असीमित नि:शुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् ।

यो योजना १ अगष्ट अर्थात् सोमबारदेखि लागू भएको छ । सानिमा बैंकले डिजिटल बैंकिङ अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो । सानिमा बै‌ंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन् । 

Logo