कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

केन्द्रबिन्दु
0
Shares

किया गाडीको नयाँ शोरुम भक्तपुरमा खोल्ने तयारी गरिएको छ  । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले भक्तपुरको राधे राधे नजिकको एसएस चोकमा शोरुम खोल्ने तयारी गरेको हो । कियाले आफ्नो ब्रान्ड लोगो सार्वजनिक गरे पश्चात उपत्यकामा पहिलो शोरुम खुल्न लागेको हो ।

कियाको ब्रान्ड गाइडलाइन अनुसारको उक्त शोरुम साउन महिना भित्रैमा सञ्चालनमा आउने शोरुम इन्चार्ज नवराज केसीले बताए । यहाँ सेल्स, सर्भिस र स्पेयर पार्ट्स गरी थ्रीएस सुविधा उपलब्ध हुनेछ ।

उनका अनुसार आगामी दशैं सम्ममा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल स्टकमा रहेका कियाका सेल्टोस र सोनेट बिक्रीका लागि उपलब्ध हुनेछ ।

किया सेल्टोस विभिन्न ७ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४९ लाख ५० हजार देखि ७८ लाख ९० हजार रुपैयाँ सम्म छ । त्यसैगरी किया सोनेट ३ भेरिएन्टमा उपलब्ध छ । यसको सबैभन्दा कम मूल्यको भेरिएन्ट एचटीईको मूल्य ३७ लाख ९० हजार रुपैयाँ छ भने त्यसपछि एचटीएक्सको मूल्य ५१ लाख ९० हजार र एचटीएक्स एटीको मूल्य ५४ लाख ९० हजार रुपैयाँ छ ।

Logo