लेक्ट्रो ई-साइकल नेपालमै उपलव्ध, १० दिन सम्म १० हजार छुट

लेक्ट्रो ई-साइकल नेपालमै उपलव्ध, १० दिन सम्म १० हजार छुट

केन्द्रबिन्दु
0
Shares

निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल सार्वजनिक गरेको छ । 

विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकलको शोरुम ललितपुरको पुल्चोकमा खोलिएको छ । भारतको हिरो कम्पनीले उत्पादन गरेको लेक्ट्रो ई–साइकलले आफ्नो वजनको ४ गुणा सम्म बोक्न सक्छ । यसमा बीएलडीसी मोटर, लिथियम आयोन ब्याट्री र चुस्त फ्रेम लगायतका कम्पोनेन्ट उपलब्ध छन् ।

यसमा भएको लिथियम आयोन ब्याट्री बीआईएस प्रमाणित छन् । यसको आईपी ६७ रेटिङले पानीबाट बचाउछ र धुलोबाट पनि सुरक्षा प्रादन गर्छ ।
राइडरको सुविधा अनुसार ब्याट्री हटाउन र भित्र चार्ज गर्न पनि सकिन्छ । यसमा भएको ब्याट्री र मोटर दुई वर्षको वारेन्टीका साथ उपलब्ध हुन्छ । यसको मोबाइल एपमार्फत पनि धेरै कुरा नियन्त्रण गर्न सकिन्छ ।

कार्गो साइकल समेत नेपाली बजारमा ११ किसिमका लेक्ट्रो ई–साइकल उपलब्ध छन् । यी साइकलको मूल्य ७५ हजार ९ सय देखि १ लाख ३९ हजार ९ सय रुपैयाँ सम्म छ । फुल चार्ज हुँदा ब्याट्रीले २५ देखि ६० किलोमिटर सम्म रेन्ज दिन्छ । त्यसैगरी ब्याट्री फुल चार्ज हुन ५ देखि ७ घण्टा लाग्छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमकाबीच सो साइकल रेन्ज सार्वजनिक गरे ।

ललितपुरमा साइकल लेन बनाएर चर्चामा रहेका महर्जनले आगामी दिनमा ललितपुर महानगरमा चल्ने सार्वजनिक यातायात पूर्णत: इलेक्ट्रीक हुने बताए । साथै उनले छिट्टै नै ४ वटा विद्युतीय बस संचालन गर्ने जानकारी दिए । निम्बस समूहका चेयरम्यान आनन्द बागरियाले ललितपुर साइकलमैत्री सहर बन्दै गएको कारण नै ललितपुरमै शोरुम खोलेको बताए । आगामी १० दिन सम्म साइकल खरिद गर्ने ग्राहकलाई हरेक खरिदमा १० हजार रुपैयाँ छुट दिने कम्पनीको भनाइ छ ।

Logo