चांगन अटोको नेपालमा पहिलो वर्षमै राम्रो सुरुवात

चांगन अटोको नेपालमा पहिलो वर्षमै राम्रो सुरुवात


चांगन अटोले नेपालमा भित्रिएको पहिलो वर्षमै राम्रो सुरुवात गरेको दाबी गरेको छ । 

चीनको नम्बर वान प्यासेन्जर ब्राण्ड चांगन अटोले नेपालमा सफलतापूर्वक आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लु भेइकल्स प्रालिले एक वर्ष पहिले चांगनको उत्कृष्ट गाडीहरु नेपाली बजारमा भित्राएको थियो । चांगन अटोले नेपाली बजारमा उत्कृष्ट सेडान एल्सभिनमार्फत आगमन गरेको थियो । यससँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिक गरिएको थियो ।

एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो । सुरुवातमा सोल्टी होटलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चांगन अटोले हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाइला काठमाडौँबाट सञ्चालन गरेको थियो । 

यो नेपाली अटोमोबाइल इतिहासमै पहिलो कदम थियो जहाँ सोरुमको स्थापना अगावै सर्भिस सेन्टरको स्थापना भएको थियो । हन्टर सार्वजनिक भएसँगै कम्पनीले आफ्नो अत्याधुनिक सोरुम नक्शालबाट कारोबार सुरु गरेको थियो । पहिलो वर्षमै चांगनले राम्रो सुरुवात गर्न सफल भएको जनाइएको छ । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअप लक्जरीमा छैठौ भएको कम्पनीको भनाइ छ ।

चांगन अटोले नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गर्न आहवान पनि गरेको छ । यसका साथै http://www.changannepal.com मार्फत विस्तृत जानकारी लिनुका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिन्छ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगअन गरी प्राप्त गर्न सकिन्छ ।

Logo