शैक्षिक छात्रवृत्तिका लागि सानिमा बैंकद्वारा आवेदन माग

शैक्षिक छात्रवृत्तिका लागि सानिमा बैंकद्वारा आवेदन माग

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति आह्वान गरेको छ । 

बैंकले लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले यो वर्ष पनि उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्न काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्तिका लागि आवेदन मागेको हो ।

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार (प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई पचास हजारसम्मको छात्रवृत्ति प्रदान गर्नेछ । भदौ ३१ गतेसम्म छात्रवृत्तिका लागि निवेदन दिन सक्ने बैंकले जनाएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी कार्यक्रम संचालन गरेको बैंकको भनाइ छ । 

यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइट  https://www.sanimabank.com/notice  मा उपलब्ध छ ।  

Logo