आइएफसीद्वारा सानिमा बैंकलाई २ करोड ऋण

आइएफसीद्वारा सानिमा बैंकलाई २ करोड ऋण

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा ​बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैँकहरूको पंक्तिमा आफूलाई उभ्याएको छ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइबाट सन्देश प्राप्त भए अनुसार सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ।

उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ। समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ। सानिमा बैंकको देशभर १२७ कार्यालयहरू र १२० वटा एटिएम संजालहरू संचालनमा रहेका छन्।

Logo