बिन्दु हार्डवेयर एण्ड सेनेटरीले मनायो ३०औं वार्षिकोत्सव

बिन्दु हार्डवेयर एण्ड सेनेटरीले मनायो ३०औं वार्षिकोत्सव


नेपालको सबैभन्दा ठूलो टाइल्स र सेनेटरी शोरुम ’बिन्दु हार्डवेयर एण्ड सेनेटरी’ ले ३० औं वर्षको वार्षिकोत्सव मनाएको छ । 

उक्त वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक प्रेम श्रेष्ठलाई सम्मान गरिएको थियो । कोटेश्वरको मेगा बैंक नजिक रहेको यो शोरुम घर निर्माणसँग सम्बन्धित सोमेनी, कोह्लर, जाक्वर, इलिजेन्ट, निट्को, हाफल, मार्वल सीपीभीसी, नेपाटप जस्ता स्तरिय ब्रान्डका  सामानहरुको थोक बिक्रेता हो ।

विगत ३० वर्षदेखि यो शोरुमले टाइल, सेनेटरी वेयर, नल, पेन्ट, पाइप र फिटिङ र सबै बाथरूमका सामानहरुको सुविधा दिँदै आएको छ । पुरानो र स्थापित भैसकेकोले यो प्रतिस्पर्धात्मक समयमा अलि सहज भएको शोरुमका प्रबन्धक निर्देशक सुमन कुमार श्रेष्ठले बताए । आधुनिकता र सिस्टमलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको यो शोरुमले उच्चस्तरीय ब्राण्डका सामानहरु चाइना र इण्डियाबाट आफै आयात गर्दै आएको छ ।

Logo